काठमाडौं । बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।
सौन्दर्य प्रतियोगितामा सहभागि एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत पुर्याएको थियो ।
जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जनाइएको छ । उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागि युवतीले सामाजिक सञ्जालमार्फत् आफुमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
त्यसपश्चात पाण्डेलाई पक्राउ गरी कानून अनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तिव्र दबाब आइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया