सुदूरपश्चिममा १४ सांसद बोकेको नेकपा एस २ पालिकामा सिमित

लोकपथ
6.8k
Shares

काठमाडौं । ५१ जना सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादीका १४ सांसद छन् । तर, यस पटकको स्थानीय तहको चुनावमा भने ती १४ सांसद हुनुको कुनै पनि फाइदा एकीकृत समाजवादीले लिन सकेन । परिणाम स्वरुप मात्र दुई पालिकामा सिमित हुन पुग्यो ।

कुल ८८ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले २ स्थानीय तहमा मात्रै निर्वाचित भएको हो ।

लुम्बिनी र गण्डकी प्रदेशमा शून्य रहेको एकीकृत समाजवादीले मधेश र बागमती प्रदेशमा ५/५ स्थानमा प्रमख पद जितेको छ । तर गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा भने जित्ने सम्भावना उच्च रहेको छ । त्यसतै कर्णाली प्रदेशमा ४ र प्रदेश १ मा २ स्थानमा जित निकालेको छ ।

एकीकृत समाजवादीले विजय हासिल गरेका स्थानीय तहमा बझाङको केदारस्युँ गाउँपालिका र कैलालीको घोडाघोडी नगरपालिका रहेको छ । यी दुई पालिका बाहेक अन्य कुनै पनि पालिकामा एकीकृत समाजवादीले जित निकाल्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?