काठमाडौं । अपहरणकारीबाट हत्या गरिएका सिन्धुपाल्चोक घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका स्कुले बालक निशान खड्काको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
मलेसियामा रहेका बाबु गोपाल खड्का बिहीबार नेपाल फर्किएसँगै उनको अन्तिम संस्कार गरिएको हो ।
दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको मृत्युसँगै बिहीबार १ः३० बजेको फ्लाइटबाट नेपाल आएका हुन् ।
विमानस्थलबाट सिधै पशुपतिस्थित आर्यघाट पुगेका गोपाल निकै भावुक बनेका थिए ।
निशानको सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले आइतबार साँझ अपहरण गरी हत्या गरेका थिए । निशानको हत्यापछि उनीहरु प्रहरीको इन्काउन्टरमा मारिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया