चितवन । नेकपा एमालेका कार्यकर्ता पक्राउ परेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।
सोमबार दिउँसो २७ को मतपेटिका जाँचका पुगेका एमालेका प्रतिनिधिहरुले एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कार्यकर्ताहरुलाई रिहाइ नगरेसम्म आफूहरुले मतगणना सुचारु गर्न नदिने भन्दै आन्दोलन भएसँगै मतगणना अवरुद्ध भएको हो ।
मतगणना रोकिएपछि अन्य दलका प्रतिनिधिहरुलाई समेत बाहिर राखिएको छ । भने मतगणना स्थलमा निर्वाचन आयोगका अधिकारीहरु मात्रै रहेका छन् ।
भरतपुरको जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता कायमै गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया