रिभर फल्स पावरको आईपीओ बाँडफाँट, सेयर हात पार्ने भाग्यमानी कति ?

लोकपथ
3.9k
Shares

काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीले वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेकाे साधारण सेयर आज दिउँसाे ४ बजे प्रभु क्यापिटकाे कार्यालय, कमलादीमा बाँडफाँट गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्काशन गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

कम्पनीको आईपीओमा १८ लाख ५० हजार २ सय ७७ जना आवेदकले आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँट २ लाख ५३ हजार ८ सय ९० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कुल आवेदनमध्ये योग्य रहेका १८ लाख ९ हजार ५९ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको छ । आवेदन दिएका मध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?