गुन्डा नाइके गणेश लामालाई दोषी ठहर, एक वर्ष कैद

काठमाडौं । गुन्डा नाइके भनिने गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी देखिएका छन् ।

विशेष अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको छ ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो ।

बिशेष अदालतका रजिष्टार नारायण पोखरेलका अनुसार लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यहि अनुसार सम्पत्ति जफत हुने फैसला सुनाएको हो ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको हो ।
उनी अहिले केन्द्रीय कारागारमा छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?