प्रकाण्डलाई विना शर्त रिहाइ गर्न नेकपा (माले)को माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले)ले नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं प्रवक्ता क. खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

नेकपा (माले)का महासचिव सीपी मैनालीद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण रुपमा आफ्ना बिचार राख्न र पार्टी सञ्चालनको निम्ति स्वेच्छिक रुपमा आर्थिक सहयोग संकलन गर्न पाउने अधिकारमाथि कुनै पनि बन्देज लगाइनु हुँदैन भन्ने मान्यता उल्लेख गरेको छ । 

प्रवक्ता प्रकाण्डसँगै अन्य दुईजनालाई “जवर्जस्ती चन्दा असुली”को आरोपमा नेपाल प्रहरीले साउन २३ गते पक्राउ गरेको थियो । राजनीतिक पूर्वाग्रह प्रेरित उक्त घटनाप्रति नेकपा (माले) को गम्भीर ध्यानाकर्षण भएको उक्त विज्ञप्तिमा उल्लेख छ । 

प्रकाण्डसँगै गिरफ्तार गरिएका सबैलाई तत्काल विना शर्र्त रिहाइ गर्न नेपाल कम्युनिष्ट पार्टी (माले)ले सरकारसँग माग गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?