रुखमा परेको मत पनि आफ्नो हुनुपर्ने माग गर्दै उपमेयरका उम्मेदवार श्रेष्ठ पुगे आयोग (पत्रसहित)

लोकपथ
27.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले रुख र कलम दुवैमा परेको मत आफूले पाउनुपर्ने मागसहित निवेदन दिएका छन् ।

श्रेष्ठले आफू रुख र कमलको साझा उम्मेदवार भएको बताउँदै रुखमा परेको मत पनि आफ्नोमा गणनाको माग गर्दै श्रेष्ठले मुख्य निर्वाचन अधिकृत राजकुमार श्रेष्ठसमक्ष निवेदन दिएका हुन् ।

रुखमा परेको मत पनि आफ्नैमा गणना हुनुपर्ने उनको माग रहेको छ ।

उनले भनेका छन्, ‘उमेदवार नभएको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको मतपत्रलाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिष्पर्धीद्वार नै नभएका कलम र रुख चिह्नमा मत संकेत भए पनि म उमेदवार भएको कलम चिह्नको मत संकेतलाई समेत बदरगरी गणना गरेको र यसबाट मत परिणाममा असर परी, उप विजेता हुने उमेदवारले जित्ने र जित्ने उमेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखा परेको छ । तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसायअनुसार हुनेगरी प्रतिष्पर्धी उमेदवार नै नभएका कलम र रुख चिह्नमा मत संकेत भएका मतपत्रमा म उमेदवार भएको कलम चिह्नको मत संकेतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दोहो¥याइ मतगणना गरी गणनाहुन बाँकी मतपत्रसमेत यसै कानुनी आधारमा गणना हुन मतदान अधिकृतलाई आदेश गरिपाउँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?