निरन्तर ओरालो यात्रामा सेयर बजार

लोकपथ
234
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार राताम्य बनेको छ । यस दिन सेयर कारोबार मापक नेप्से परिसूचक ३४ दशमलव २१ अन्कले घटेर २२ सयको बिन्दुमा रोकिएको छ ।

सेयर बजार मापक नेप्से परिसूचक १७ महिना यताकै न्यून बिन्दुमा झरेको छ । पछिल्लो समय निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिना यताकै न्यून बिन्दुमा झरेको हो ।

साताको पहिलो कारोबार सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ विन्दुमा झरेको छ । यो भन्दा अघि २०७७ पुस २३ गते नेप्से परिसूचक २१९४.४८ विन्दुमा कारोबार भएको थियो ।

यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ५ दशमलव ६९ अंकले घटेर ४२९ दशमलव ०५ बिन्दुमा पुगेको छ ।

आज कारोबार रकम भने बढेको छ । शुक्रबार १ अर्बभन्दा तल झरेको बजार आज एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँको कारोबार भएको छ ।

गत शुक्रबार नेप्से १५ अंकले घट्दा ९३ करोड २२ लाख रुपैयाँको मात्र कारोबार भएको थियो ।

यस दिन २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच हुँदा सो रकमको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै सूचक राताम्य बनेको छ । सोमबार १३ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १७८ कम्पनीको सेयर मूल्य घट्दा एक कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?