भरतपुर महानगर : १ लाख १३ हजार मतगणना, कसको कति मत ?

लोकपथ
1.9k
Shares

चितवन । भरतपुर महानगरपालिकामा हालसम्म १ लाख १३ हजार ७ सय ७७ मतगणना सकिएको छ ।

जारी मतगणनाको क्रममा हालसम्म गठबनधनबाट मेयरको उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता कायम गरेकी छिन् । हालसम्म उनले उनका निकटतम प्रतिद्वन्दी विजय सुवेदीलाई १० हजार ८ सय ९४ मतले पछि पारेकी छिन् । उनले हालसम्म ४५ हजार ८ सय ८७ मत प्राप्त गरेकी छिन् । भने सुवेदीले ३४ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् ।

यता गठबन्धनविरुद्ध असन्तुष्टी जनाउँदै भूइँकटहर चिह्न पाइ स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले १३ हजार ९ सय ३७ मत प्राप्त गरेका छन् ।

यता उपमेयरमा पनि गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले अग्रता कायम गरेका छन् । उनले हालसम्म ४६ हजार ९ सय १३ मत प्राप्त गरेका छन् । त्यसैगरी उनलाई एमाले राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङले २७ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । उनीहरुबीचको अन्तर १९ हजार ३ सय ५८ मत रहेको छ ।

हालसम्म १ देखि २४ वडासम्म गणना सकिएको छ । भने वडा नं २५ र २६ को मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?