१३ असार २०७९, सोमवार

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

२०७९,जेष्ठ,९,सोमवार १४:४६

99
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज (जेठ ९ गते)देखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: २०७९,जेष्ठ,९,सोमवार १४:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । मंगलबार पाँच बर्षे अवधिको

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेन्चुरी हाइब्रिड’ नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ। खातामा ग्राहकले बचत खाताको उच्चतम

काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपमार्फत विभिन्न एयरलाइन्सको टिकट

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३