खोटाङ । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी भतेरेकी क्यान्सर पटीडित प्रितीशोभा राईले सहयोगका लागि अपिल गरेकी छिन् । यति अस्पताल बाफलमा उपचार गराइरहेकी राईले आर्थिक समस्या परेकाले सहयोगको याचना गर्नु परेको बताएकी छिन् ।
प्रितीशोभाकी छोरी युनिसा राईको नाममा एनआइसी एसिया बैंक, सामाखुसीमा खोलिएको खाता नम्बर १७८७०२४१२४८५२४०१ मा सहयोग रकम जम्मा गर्ने सकिनेछ ।
आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर पीडितको उपचार खर्च जुटाउन आफन्तले ‘प्रितीशोभा राई बचाउ’ अभियान चलाइरहेका छन् । बिरामीको सहयोगार्थ वडा कार्यालय महेश्वरीले गत २१ वैसाखमा सिफारिस दिएको थियो । राईलाई पोसिब्ली पुअर्ली डिफिरेन्सियटेड एडिनोकारसिनोुमा पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया