पालिकाको २ मध्ये एक प्रमुख पदमा महिला अनिवार्य गर्न नीतिगत व्यवस्था गरौँ : देवकोटा

लोकपथ
119
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले स्थानीय तहको दुई प्रमुख पदमा यस पटक महिला कम आउने देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले अघिल्लो पटक ४८ प्रतिशत महिला अध्यक्षरउपाध्यक्ष र प्रमुखरउपप्रमुखमध्येमा निर्वाचित भएको बताए ।

यस पटक भने कम आउने भन्दै अब कानुनी र नीतिगत रूपमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

यसतर्फ सरकार र निर्वाचनसम्बन्धी सरकारको संवैधानिक निकाय निर्वाचन आयोगको ध्यान जानुपर्ने औँल्याए ।

यद्यपि, केही स्थानीय तहमा भने घेराबन्दी तोडेर पालिकाको दुईवटै प्रमुख पदमा जनताले निर्वाचित गरेको भन्दै खुसी प्रकट गरेका छन् ।

उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै जनताको सेवक बन्‍न, आर्थिक मितव्ययीता अपनाउन र जनताको हितमा सँधै काम गर्न आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?