१३ असार २०७९, सोमवार

सिटिजन्स बैंक र सुर्खेत हस्पिटलबीच सम्झौता

२०७९,जेष्ठ,९,सोमवार १३:१३

45
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सुर्खेत हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा २० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै, मोबाइल बैकिङमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथ ड्रल (यो सुविधामार्फत सिटिजन्स बैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्ने छन्) र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क सेवाको सुरुवात पनि गरेको छ । कियोस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बंैकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,९,सोमवार १३:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । मंगलबार पाँच बर्षे अवधिको

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेन्चुरी हाइब्रिड’ नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ। खातामा ग्राहकले बचत खाताको उच्चतम

काठमाडौं । एनआईसी एसिया बैंकले डिजिटल बैंकिङको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपमार्फत विभिन्न एयरलाइन्सको टिकट

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३