काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीहरुको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवा सिफारिस भएका छन् ।
जेठ ९ गते बसेको बढुवा समितिको बैठकले ५ जना डीआईजीहरुलाई एआईजी पदका लागि सिफारिस गरेको हो ।
सिफारिस भएका ५ जना मध्ये उत्तमराज सुवेदी, अरुण कुमार बिसी दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंह रहेका छन् ।