काठमाडौं । काठमाडौंको चोभारमा पानि ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
बा ४ ख ४५७१ नम्बरको पानि ट्यांकरले बिपरित दिशाबाट आउँदै गरेको बा ८१ प ५३७९ को मोटरसाइकललाई ठक्कर दिँदा ५० वर्षया नानिमाया महर्जनको मृत्यु भएको हो । ठक्करबाट अर्का एक जना सिकन्दर महर्जन भने सामान्य घाइते भएका छन् ।
स्थानिय बासिन्दाका अनुसार, खहरेबाट पानि भरेर काठमाडौं तर्फ आउँदै गरेको ट्ंयाकरले मोटरसाइकललाई ठक्कर दिएपछि घाइते बनेकी महिलालाई पुनः ब्याक गरेर किचेको थियो ।
आक्रोशित स्थानियबासिन्दाले ट्यांकरमाथि तोडफोड गरेका थिए ।
ट्यांकर चालकलाई कालिमाटि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।




तस्वीर : विनोद थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया