मतगणना नसकिँदै वीरगन्जको मेयरमा राजेशमान सिंह विजयी

लोकपथ
2.5k
Shares

काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । वीरगन्ज महानगरको मत गणना भने जारी नै रहेको छ । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै सिंह विजयी भएका हुन् ।

कूल ९४ हजार ६०० मतमा ८० हजार ७ सय ८६ मतगणना हुँदा सिंहले १९ हजार बढीको मतान्तर बनाइसकेका छन् । सिंहले ३९ हजार ६६१ मत प्राप्त गर्दा एमालेका विजय कुमार सरावगीले २० हजार २०५ मत पाएका छन् ।

हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?