११ असार २०७९, शनिवार

दुई वर्षपछि स्वदेश फर्किएका पूर्वराजा कार्लोसको विरोधमा उत्रिए स्पेनवासी

२०७९,जेष्ठ,९,सोमवार १०:३०

261
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्समा करिब दुई वर्षको स्वनिर्वासनपछि स्वदेश फर्किएका पूर्वराजा जुआन कार्लोस प्रथमविरुद्ध आइतबार म्याड्रिडमा सयौँ प्रदर्शनकारीहरूले प्रदर्शन गरे ।

‘न्याय’ र ‘जेलमा बोर्बोन’ लेखिएको प्लेकार्ड समातेर प्रदर्शनकारीहरू स्पेनको राजधानी म्याड्रिडस्थित शाही दरबारनजिक भेला भएका थिए । एक सरकारी प्रवक्ताले प्रदर्शनकारीको संख्या तीन सय रहेको बताए ।

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा मार्चमा अनुसन्धान रोकिएपछि सन् २०२० को अगस्टपछि पहिलो पटक पूर्वराजा कार्लोस स्वदेश फर्किएका हुन् ।

सन् १९७५ मा तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको लोकतन्त्रमा उनले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो । तर उनको अपारदर्शीताले ८४ वर्षीय पूर्वराजाको प्रतिष्ठालाई कलंकित बनाएको धेरै स्पेनीहरुको भनाई छ ।

पूर्वराजा अबुधाबी फर्कनुअघि सोमबार राजधानी म्याड्रिडमा आफ्ना छोरा राजा फेलिप छैठौँलाई भेट्नेछन् । भ्रमणका क्रममा हालका राजा फिलिपको आधिकारिक निवास जार्जुएला प्यालेसमा बस्ने पूर्वराजा कार्लोसको निर्णयलाई सरकारले विरोध गरेको छ ।

समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले अझै पनि सन् २०१४ मा राजगद्दी त्यागेका पूर्वराजा कार्सोसबाट ‘स्पस्टीकरण’ को अपेक्षा गरेको छ ।

एजेन्सी

प्रकाशित मिति: २०७९,जेष्ठ,९,सोमवार १०:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१  काठमाडौंमा पछिल्लो तीन दिनमा ५ जनामा हैजा संक्रमण, नमुना परीक्षण गर्दा पिउने पानीमा दिसामा पाइने जिवाणु फेला, हैजा फैलनुको

काठमाडौं । डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ। सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६