धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
जारी मतगणनामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १२ हजार २ सय ८३ मत प्राप्त गरेका गरेका छन् । त्यसैगरी उनलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ९ हजार ३ सय ३ मतसहित पछ्याइरहेका छन् । त्यसैगरी लोकतान्त्रिक समाजवादीका उम्मेदवार मनोज चौधरीले ५ हजार १६ मत प्राप्त गरेका छन् । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार लालकिशोर साहले ४ हजार ८ सय ६ मत प्राप्त गरेका छन् ।
यता उपमेयरमा भने गठबन्धनका उम्मेदवार कांग्रेसका किशोरी साहले १४ हजार ८ सय ३२ मत प्राप्त गरेकी छिन् । त्यसैगरी नेकपा एमालेकी रुणादेवी झाले १० हजार५ सय ३४ मत प्राप्त गरेकी छिन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीकी रिता कुमारी मिश्रले ५ हजार २ सय ५४ मत प्राप्त गरेकी छिन् । हाल मतगणना जारी रहेको छ ।