११ असार २०७९, शनिवार

क्यानडामा भीषण आँधी : ९ लाख घर विद्युतविहीन

२०७९,जेष्ठ,९,सोमवार ०९:१८

3.762k
Shares

काठमाडौं । क्यानडाको ओन्टारियो र क्युबेक प्रान्तमा आएको भीषण आँधीका कारण दक्षिणी क्यानडाका झण्डै ९ लाख घरहरू विद्युतविहीन भएका छन् । आँधीका कारण ढलेको रुखले किचेर चार जनाको मृत्यु भएको छ भने ओटवा नदीमा एउटा डुंगा पल्टिदा एक महिलाको मृत्यु भएको थियो ।

वातावरण क्यानडा नामक संस्थाका अनुसार आँधीबेहरीको समयमा हावाको वेग ८२ माइल प्रतिघन्टा थियो । ओटारियो समेट्ने उर्जा कम्पनी हाइड्रो वनले हरेक घरलाई पुनः जडान गर्न धेरै दिन लाग्ने जनाएको छ ।

यसैबीच हाइड्रो क्युबेकले त्यहाँका ५लाख ५० हजार घरमा बिजुली नभएको र झण्डै ४ लाख घरमा अझै पनि विद्युत् आपूर्ति बन्द भएको जनाएको छ । दुई घण्टाभन्दा बढी समयसम्म चलेको शक्तिशाली आँधीले धेरै रुखहरू ढलेका छन, यातायात अवरुद्ध भएका र घरहरूमा क्षति पुगेको छ ।

अग्नि नियन्त्रक र कर्मचारीले ओटावाको सडकमा कारहरूमा ढलेका पोल र तारहरू हटाउन प्रयास गरिरहेका देखिन्छन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,९,सोमवार ०९:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१  काठमाडौंमा पछिल्लो तीन दिनमा ५ जनामा हैजा संक्रमण, नमुना परीक्षण गर्दा पिउने पानीमा दिसामा पाइने जिवाणु फेला, हैजा फैलनुको

काठमाडौं । डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ। सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६