काठमाडौं महानगर : बालेनले पाए ४३ हजार मत, कसको कति ?

लोकपथ
4.6k
Shares

काठमाडौं । काठमाडौं महानगरमा सुरुवाती अग्रता कायम गरेका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् ।

हालसम्म बालेनले ४३ हजार १ सय ६२ मत प्राप्त गरेका छन् । त्यसो त उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७ हजार ५ सय ६३ मत माथि रहेका छन् । हालसम्म सिंहले २५ हजार ५ सय ९९ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी मतका हिसाबले तेस्रो स्थानमा पुगेका नेकपा एमालेका केशव स्थपितले २५ हजार २ सय ६८ मत प्राप्त गरेका छन् ।

यता उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेकी छिन् । हालसम्म उनले ४५ हजार ८ सय ७५ मत प्राप्त गरेकी छिन् । भने उनलाई करिब ३० हजार मतभन्दा बढीले पछाडी रहेर गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले पछ्याइरहेका छन् । उनले हालसम्म १५ हजार २ सय ८२ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका उम्मेदवार बिनिता मगैयाले ७ हजार २३ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?