कैलाली । कैलालीको देउती गुट्खा उद्योगमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।
बिहीबार बिहान करिब ५ बजे लम्कीचुहा नगरपालिका–१ लम्की बजारमा रहेको उक्त उद्योगको गेट नजिकै सकेट बम विस्फोट भएको हो । विस्फोटबाट उद्योगको पर्खाल र छानामा क्षती भएपनि अन्य कुनै क्षती नभएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए ।
बिहानको समयमा ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानीयबासिन्दा त्रसित भएका छन् । बम किन र कसले विष्फोट गराएको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया