पोखरा अपडेट : कसको कति मत ?

लोकपथ
2.2k
Shares

कास्की । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता हासिल गरेका छन् ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?