सेनाको का. मु. प्रधानसेनापतिमा थापा, आज साँझ जिम्मेवारी हस्तान्तरण

काठमाडौँ । नेपाली सेनाको नेतृत्व आजबाट बलाधिकृतरथी पूर्णचन्द्र थापाले सम्हाल्दै छन् । 

प्रधानसेनापति राजेन्द्र क्षत्री अवकास पूर्व एकमहिना विदामा बस्ने भएकाले थापाले आज साँझबाट कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्न लागेका हुन । 

सैनिक मुख्यालय भद्रकालीमा साँझ एक विशेष कार्यक्रमको आयोजना गरी प्रधानसेनापति क्षत्रीले कायममुकाय प्रधानसेनापति थापालाई जिम्मेवारी हस्तानतरण गर्दे छन् । 

यसअघि नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले बलाधिकृतरथी थापालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रधानसेनापति क्षत्री भदौं २४ गतेबाट अनिवार्य अवकासमा जादै छन् । सेनामा अवकास जानुभन्दा महिना दिन अगाडि विदामा बस्ने परम्परा छ । 

सोही परम्परा अनुसार, प्रधानसेनापति क्षत्री साउन २५ गतेबाट महिनादिन लामो विदा बस्न लागेका हुन । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, लमजुङको एक सामान्य परिवारमा जन्मीएका थापा भदौ २४ गतेपछि सेनाको प्रधानसेनापति हुने छन् । 

करीव ९७ हजार जनशक्ति रहेको नेपाली सेनाको शान, सम्मान र गौरवलाई उच्च राख्न थापाको काधमा महत्वपूर्ण जिम्मेपारी आएको छ । 

कायम मुकायम प्रधानसेनापतिमा सिफारिस भएका थापालाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बलाधिकृतरथी बलदेवराज महतसँगै एकवर्ष कार्यकाल थप गर्ने निर्णय गरेसँगै उनी नयाँ प्रधानसेनापति बन्ने निश्चित भएको थियो । 

सरकारले एक वर्ष पदावधि नथपेको भए उनी गत असोजमा रथीबाटै अवकाश हुने थिए । थापासँगै पदावधि थपिएका महतले भने १६ कात्तिकमा ५८ वर्षे उमेर हदका कारण अवकाश पाइसकेका छन् । 

कायममुकायम प्रधानसेनापति थापाको संक्षिप्त जीवनी– 

लमजुङ जिल्लाको पाखाथोकमा जन्मिएका थापा २०३७ सालमा सहायक सेनानीबाट सेनामा सेवा शुभारम्भ गरेका थिए । 

थापाको मातृ पल्टन गोरखबहादुर गण हो । नेपाली सेनामा आफूलाई अब्बल र क्षमतावान् साबित गरिसकेका थापा सेनाभित्र उच्च व्यवसायिक, इमान्दार, निडर र बौद्धिक सैनिक अधिकारीका रूपमा परिचित छन् । 

सेनाका महत्वपूर्ण विभागको नेतृत्व सम्हाली सकेका थापाले सेनाभित्र आफूलाई अब्बल र नेतृत्व सम्हाल्ने कमाण्डरका रुपमा प्रमाणित गरिसकेका छन् । 

उनले जंगी अड्डामा जनरल स्टाफ अधिकृत, प्रमुख सैन्य सचिवालयमा सम्पर्क अधिकृतको जिम्मेवारी बहन गरिसकेका छन् । 

त्यस्तै, सैनिक सचिव र कल्याणकारी निर्देशक, पृतनापतिप, वाहिनीपति तथा अन्य विभागहरुको जिम्मेवारीमा पनि पुरा गरिसकेका छन् । 

श्रीजंग गुल्मको गुल्मपति, 
श्रीजंग गणको गणपति, 
नं. २ बाहिनीको बाहिनीपति
उपत्यका पृतनाको पृतनापति 
उनले स्टाफ कलेज नेपालबाटै गरेका थिए ।

भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स, मद्रास विश्वविद्यालयबाट फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन् । 

संयुक्त राष्ट्र संघमा पटक पटक अभ्जर तथा एफपियु मिसन गरी लामो समय सेवा गरेका छन् । सन् १९८६ मा युनिफिल मिसन लेबनानमा नेपाली कन्टिन्जेन्टमा सेनामुखपति, सन् १९८९ मा युनिफिल मिसन प्रधान कार्यालयमा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए । 

उनले सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्निया, हर्जगोभिनिया र क्रोयसिया) मिसनमा सफल भूमिका निर्वाह गरेका थिए ।

सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व गरी युनाइटेड नेसुन्स मिसन इन नेपाल (जेएमसीसी) अन्तर्गत संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा पनि काम गरेका थिए ।

प्यालेस्टाइन सीमा क्षेत्रस्थित राष्ट्रसंघीय मिसन, अनडर्फमा फोर्स कमान्डरको जिम्मेवारीसमेत थापाले सम्हालिसकेका छन् । 

युएन शान्ति मिसन फोर्स कमान्डर

अन्चतराष्ट्रियक्षेत्रमा युएन शान्ति मिसन अन्तरगत महत्वपूर्ण मानिने शान्ति फोर्स कमान्डरका रूपमा खटिएका थापा रथीमा बढुवा भएपछि एक वर्षमै फर्किएका थिए । 

यसअघि फोर्स कमाण्डरका रुपमा सेनाबाट पूर्वरथी बालानन्द शर्मा, पवनजंग थापा, कृष्णनारायण सिंह थापा र भिक्ट्री राणाले काम गरिसकेका छन । सो शौभाग्य प्राप्त गर्नेमा थापा पनि एक हुन । 

थापा सुप्रबल जनसेवाश्री तेश्रो, गोरखा दक्षिणबाहु तेश्रो र त्रिशक्ति पट्ट चौथो जस्ता महत्वपूर्ण मानपदवीहरुबाट विभूषित छन् ।

उनका बाबु फणेन्द्रबहादुर थापाले सेनाको प्रमुख सेनानीबाट अवकाश पाएका थिए । उनका दाजु रोहित थापाले पनि सशस्त्र प्रहरीको एआईजीबाट अवकास पाएका हुन । उनको श्रीमती एकछोरा एक छोरी छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?