देउवाले माओवादी मन्त्री हटाइदिने

काठमाडौँ, २९ असोज- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीबाट नियुक्त मन्त्रीहरुलाई हटाइदिने स्पष्ट संकेत गरेका छन् ।राप्रपाबाट बिनाविभागीय चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका देउवाले तिनलाई मन्त्रालय दिएर माओवादी केन्द्रका मन्त्रीलाई हटाउने संकेत गरेका हुन्, कान्तिपुरमा खबर छ ।प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संविधानविपरीत ६४ सदस्यीय मन्त्रिमण्डल बनाएको भन्दै कडा आलोचना गरेपछि संसदमा शनिबार अन्तिम सम्बोधन गर्दै देउवाले सांकेतिकरुपमा माओवादी मन्त्री हटाउने बताए ।‘मन्त्रिपरिषद् ठूलो भयो भन्ने कुरा आयो, यति उति भन्ने नै छैन, कहाँ भनेको छ यति उति भन्ने ? संक्रमणकालपछि भनेको हो (संख्या तोकेर),’ माओवादी मन्त्रीलक्षित गर्दै उनले भने, ‘संख्या घट्न पनि सक्छ, दुई चार दिनपछि, पाँच दिनपछि थाहा पाउनुहोला नि !’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?