कञ्चनपुरको पुनर्वास कांग्रेसका उम्मेदवार निर्वाचित

लोकपथ
858
Shares

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा तोयप्रसाद शर्मा र उपमेयरमा भुलियाकमारी राना विजयी भएका हुन् ।

शर्माले १० हजार ६ मत प्राप्त गरेर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गरे ।

उपमेयरमा निर्वाचित रानाले ७ हजार ३ सय ४५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?