झापाको कमल गाउँपालिकामा राई र न्यौपाने निर्वाचित

लोकपथ
3.7k
Shares

झापा । झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई र उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएका हुन् ।

हुकुमसिंह राईले १२ हजार ८ सय ६८ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राई ९ हजार ६ सय ५३ मतमात्र पाए ।

उपाध्यक्षमा निर्वाचित न्यौपानेले १० हजार ८ सय ४५ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीले ८ हजार ३ सय ७१ मत मात्र पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?