गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा महिला उम्मेदवार विजयी

लोकपथ
3.5k
Shares

काठमाडाैं । झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेस उम्मेदवार फूलवती राजवंशी विजयी भएकी छिन् भने उपाध्यक्षमा एमाले उम्मेदवार पुजन न्यौपाने कुँवर निर्वाचित भएकी छिन् ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार राजवंशीले ५ हजार ६ सय ८९ मत ल्याएकी छिन् ।  उपाध्यक्षमा एमालेकी कुँवरले ४ हजार ७ सय ५५ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?