फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, अब पेट्रोल लिटरकै १८० रूपैयाँ

लोकपथ
3.9k
Shares

काठमाडाै । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढेकाे छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँकाे  दरले  बढेको हाे ।

अब पेट्रोल १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ पुगेकाे छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँले बढेको छ । अब एक सिलिण्डर ग्यास १८०० रुपैयाँ पर्नेछ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

आयल निगमकाे प्रेस  विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?