बालेनको सपोर्टमा बन्यो गीत ‘लौरी टेकौँला’ (भिडियाेसहित)

लोकपथ
12.4k
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार  बालेन साहको सपोटमा ‘लौरो टेकौला’ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक भएकाे गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विशम आचार्यको स्वर रहेको गीतमा विशम आचार्यकै संगीत संयोजन छ ।

गीतको भिडियोसमेत छ । जसमा बालेनका चुनावी गतिविधिहरू समेटिएका छन् ।

गीतले बालेन विपत्तिलाई छेक्न मिल्ने र दुःख मेट्ने साथीसमेत भएको चर्चा गरेको छ । सफा सहर र मानिसको रहर सबै बालेन महानगरको नेतृत्वमा आएपछि पूरा हुने समेत भनिएको गीतमार्फत बालेनलाई नखुलेको बाटो खोल्न र आवाज बिहिनको आवाज बन्न समेत अनुरोध गरिएको छ ।

रोमान्टिक थिममा डान्सिङ शैलीमा तयार पारिएको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ । बा आमालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने भन्दै बालेको चुनावचिह्न लौरो अबको सबैको भर नै हो समेत भनिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?