११ असार २०७९, शनिवार

बलात्कारीलाई कारबाहीकाे माग गर्दै खोटाङमा प्रदर्शन

२०७९,जेष्ठ,८,आईतवार २०:२०

117
Shares

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि आयोजित ‘मिस ग्लोबल इन्टरनेसनल २०१४’ का प्रतिस्पर्धी युवतीलाई नशा खुवाएर बलात्कार गर्ने आयोजक मनोज पाण्डेलाई कारबाहीको माग गर्दै किशोरीको समूहले आइतबार दिक्तेको त्रिबेणीचोकमा प्रदर्शन गरेका हुन् ।

स्वतस्फुर्त भेला भएका किशोरीको समूहले ‘बलात्कारीलाई सजाय दे, हद म्याद खारेज गर, सुन्दरी प्रतियोगिता खारेज गर, महिला शरीरको वस्तुकरण बन्द गर, सर्भाइभरलाई बिश्वास गर, बलात्कारले पोलेको, खै त राज्य बोलेको’ लगायतका नारा चर्काएका थिए ।

पिडकलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै किशोरीले यौनजन्य हिंसा सम्बन्धी उजुरी गर्ने एक वर्षे हद म्याद संशोधन गर्न माग गरेका छन् । यौनजन्य हिंसा सम्बन्धी उजुरी दिने एक वर्षे हद म्यादले यौन हिंसामा परेका कैयौं महिला न्यायबाट वञ्चित हुने अवस्था देखिएकाले एक वर्षे हद म्याद संशोधन गर्नुपर्ने प्रदर्शनमा सहभागी अनिसा रम्तेलले बताइन् । किशोरीको विरोध कार्यक्रमलाई किशोरले पनि साथ दिएका थिए । उनीहरू यौनजन्य हिंसाका विरुद्धमा नारा लेखिएका कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

कार्यक्रममा रम्तेल, कृष्णा आचार्य, राधा भट्टराई, शर्मिला परियार, एल्मीका राई, विष्णु उपरकोटी, घनश्याम ढकालले बलात्कारमा संलग्न दोषीमाथि कडा कारबाहीको माग राखेका छन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,८,आईतवार २०:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन् । उपमहानगरले आर्थिक वर्ष २०७९/०८०

काठमाडाैं । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको आफ्नो छुट्टै भूमिका रहेको हुन्छ । उनीहरू पनि जनताबाटै प्रत्यक्ष रुपमा निर्वाचित भएर

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौँरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको

काठमाडाैं । संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको उद्योग तथा बाणिज्य र

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६