भरतपुरमा कांग्रेसका उम्मेदवार चित्रसेन उपमेयरमा पक्का

लोकपथ
3.6k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको जित निश्चित जस्तै भएको छ । भरतपुरमा अब करिब २५ हजारमात्र मत गणना हुन बाँकी रहको छ ।

अधिकारी निकटतम प्रतिद्वन्द्वीभन्दा लगभग १८ हजार मतले अघि रहेका छन् । यो सामग्री तयार पार्दासम्म अधिकारीले

४२ हजार ७४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी उम्मेदवार हिमला गुरुङ्गले २४ हजार ४८४ मत पाएकी छिन् । गणना गर्न बाँकि रहेकाे मत र अधिकारीले लिएकाे अग्रताकाे आधारमा उनको जित पक्का जस्तै बनेको हो ।

हिमलाले अब मतान्तरलाई केहि कम मात्र गर्ने देखिन्छ । १८ हजारकाे मतान्तरलाई जितेर अघि बढ्न हिमलाकाे लागि अब असम्भव जस्तै देखिएकाे छ ।

भरतपुमा अहिले वडा नं. २१ र २२ को मतगणना भइरहेको छ । दुवै वडामा गठबन्धनका उम्मेदवार अगाडि छन् भने सात वटा वडाको पुरै मत गन्न बाँकी नै रहेका छ । बाँकी वडा पनि गठबन्धन नै तुलनात्मक रूपमा बलियाे रहेका छन् ।

भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा अहिलेसम्म ९९ हजार ६४४ मतगणना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?