ओखलढुंगामा बलात्कार गरि फालिएको अवस्थामा १९ वर्षीय किशोरी फेला

लोकपथ
4.2k
Shares

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ(४ मा १९ वर्षीय किशोरीमाथि बलात्कार भइ फालिएको अवस्थामा फेला परेकी छिन् ।

अज्ञात व्यक्तिहरुले बलात्कार गरी ती किशोरीलाई जंगलमा फालिएको अवस्थामा फेला परेको हो ।

उनलाई स्थानीयले भेटाएपछि मिसन अस्पताल ओखलढुंगामा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने तयारी भइरहेको नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले जानकारी दिएका छन् ।

ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने खतिवडाले घटनाप्रति दुख व्यक्त गर्दै दोषीमाथि कारबाहीको माग गरेको छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘ओखलढुंगा मानेभञ्ज्याङ ५ मा आज एउटा दुस्खद घटना भएको छ। एक १९ वार्षिय किशोरीलाई अज्ञात समुहले बलात्कार गरि जङ्गलमा फालेको अवस्थामा भेटिएको छ। ओखलढुंगा मिसन अस्पतालमा उपचार संभावना नभएकोले काठमान्डौ ल्याउन हेलिकप्टर पठाएको छ । दोषी पत्ता लगाएर यथाशीघ्र कारबाहीको माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?