स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ बने धरानकाे मेयर

लोकपथ
2.4k
Shares

काठमाडौं । सुनसरीकाे धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । लौरो चुनाव चिह्नका लिएर चुनावी मैदानमा आएका स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका हुन् ।

साम्पाङले सत्ता गठबन्धनका साझा उम्मेदवार र एमालेलाई पाराजित गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै राई मेयरमा निर्वाचित भएका हुन् । राईले २० हजार ८२१ मत पाएका छन् ।

उनी विजयी भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालयले गर्न बाँकी नै रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?