महाराजगञ्जबाट कस्तुरीको बिना बरामद, चार जना पक्राउ

काठमाडौँ । ‘कस्तुरी बिना’ तपाई हामले प्रत्यक्ष रुपमा देखेका त छैनौ तर, यस्को बास्ना सय मिटरसम्म आउछ भने कुरा सुनेका छौं । 

यही बास्नादार बिना महानगरीय प्रहरी बृत्त महाराजगञ्जले बरामद गरेको छ । जुम्ला सिंजा गाँउपालिका वडा नम्वर–६ घर भई हाल कोटेश्वर बस्ने २० वर्षीय भीमबहादुर बुढाको साथबाट उक्त बिना बरामद भएको हो । 

बृत्तका प्रमुख भेषराज रिजालले बास्नादार बिनाको अबैध विक्री वितरण गरिरहेको सुराकीका आधारमा बुढालाई महाराजगञ्ज भाटभटेनीक्षेत्रबाट पक्राउ गरिएको बताएका हुन । 

दुर्लभ बन्यजन्तु कस्तुरीलाई मारेर नाबी (नाइटो) मा पाइने उक्त बिना झिकेर अभियुक्त बुढा विक्री गर्न राजधानी आएको हुन सक्ने भनाई उनको छ । 

उनलाई थप कानुनी कारवाहीका लागि जिल्ला वन कार्यालयको जिम्मा लगाइएको बृत्त मुद्धा शाखाले बताएको छ । अभियुक्त बुढाको साथबाट कस्तुरी बिनाका अतिरिक्त हिङ ५८ ग्राम, सिलाजित, भेडाको घिऊ र यार्सागुम्वा बरामद गरेको छ । 

यसैबीच, टोखास्थित पर्वत सम्झना गेष्ट हाउसबाट अबैध यार्सागुम्वा दुई किलो सहित लमजुङका ४६ वर्षीय सनकुमारी गुरुङ र नवलपरासी गैडाकोटका ६९ वर्षीय गमकुमार गुरुङलाई पक्राउ गरेको छ । 

होटलको कोठा नम्वर २०४ मा बसेर यार्सागुम्वाको अबैध कारोवार गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई दुईसय किलो यार्सासहित पक्राउ गरेको बृत्त प्रमुख रिजालले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?