काभ्रे । नेकपा एमालेबाट निर्वाचन जनप्रतिनिधिहरुले बनेपा नगरपालिकाको शपथग्रहण कार्यक्रम बहिस्कार गरेका छन् ।
आफूहरुलाई जानकारी नै नगरी कार्यक्रमको आयोजना गरिएको भन्दै जनप्रतिनिधिहरुले शपथग्रहण कार्यक्रम बहिस्कार गरेका हुन् ।
नेकपा एमालेबाट बनेपाको उप्रमुख बनेकी नवनिर्वाचित विमला सापकोटाले आफूहरुसँग सल्लाह नै नगरी गर्न लागिएकाले कार्यक्रम बहिस्कार गरिएको उनले बताइन् ।
हाल बनेपाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । १४ वटा वडा रहेको बनेपा नगरमा नेपाली कांग्रेसले ६ वटा वडाध्यक्षसहित २९ जना जनप्रतिनिधि जितेको छ । भने उपप्रमखुसहित ७ वडाध्यक्ष र ३८ जननिर्वाचित भएका छन् । त्यसैगरी एकीकृत समाजवादीले १ वडाध्यक्षसहित ५ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
नगरप्रमुखले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराई समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया