१३ असार २०७९, सोमवार

छिन्नमस्ता गाउँपालिका अध्यक्ष चाैधरी सप्तरीकै कान्छो पालिका प्रमुख

२०७९,जेष्ठ,८,आईतवार १५:३७

216
Shares

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएका छन्।

२६ वर्षीय चौधरी ११ सय २९ मतअन्तरले विजयी भएका हुन् । उनी जिल्लाकै कान्छो पालिका प्रमुख भएका छन्। उनले दुई हजार ८९५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपालको सत्यनारायण यादवले १७ सय ६६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा विजयी माओवादी केन्द्रकी राजुदेवी यादवले २४ सय ७२ मत प्राप्त गरी विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिलादेवी साहले १५ सय ९५ मत प्राप्त गरिन्।

शनिबार अबेर राति सातवटै वडाको मतगणा सकिएको निर्वाचन अधिकृत सूर्यराज घिमिरेले जानकारी दिए। कुल १७ हजार ७५७ मतदाता रहेको छिन्नमस्ता गाउँपालिकामा १३ हजार ७४४ मत खसेको थियो ।

छिन्नमस्ताको वडा नम्वर १ मा वडाध्यक्षसहित माओवादी केन्द्रका ललनप्रसाद यादवकाे प्यानल, वडा नम्वर २ मा जनमत पार्टीका सिकेन्दर साह, वडा नम्बर ३ मा जसपाका विजय यादव, वडा नम्बर ४ मा एकीकृत समाजवादीका सूर्यनरायण यादव (गयान्दन), वडा नम्बर ५ मा एमालेका जयप्रकाश ठाकुर, वडा नम्वर ६ मा माओवादी केन्द्रका कपलेश्वर साह र वडा नम्वर ७ मा एमालेका अच्छेलाल यादव निर्वाचित भएका छन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,८,आईतवार १५:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको

लमजुङ । तत्काल मल उपलब्ध गराउन राप्रपा लमजुङले कृषि ज्ञान केन्द्र लमजुङमा ज्ञापनपत्र बुझाएको छ । राष्टिय प्रजातन्त्र पार्टी लमजुङले

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिहरूले यातायातका सवारीसाधनहरू वर्षको दुई पटक नवीकरण गर्नुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन्

ताजा समाचार

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ
 २०७९,असार,१३,सोमवार २०:०३