राष्ट्र बैंकले २७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

लोकपथ
468
Shares

काठमाडौं । भोलि (सोमबार) नेपाल राष्ट्र बैंकले पुनः २७ अर्ब २० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको लागि छुट्याइएको आन्तरिक ऋण निष्काशन ताालिकाअनुसार नै सो दिन अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका २७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागिएको हो ।

ट्रेजरी बिल खरिदको लागि सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिन सकिने छ । जेठ १० गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार बिक्री गरिने उक्त ट्रेजरीअन्तर्गत २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

पुरानो नवीकरणअन्तर्गत जारी हुने यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार सात गते, २०७९ भदौ सात गते, २०७९ मंसिर छ गते र २०८० जेठ ९ गते तोकिएका छन् ।

यसअघि गत साता पनि राष्ट्र बैंकले १३ अर्ब ७४ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?