बलात्कार आरोपी नै म्यादी प्रहरी बनेपछि …

लोकपथ
572
Shares

झापा । बालिकालाई बलात्कार गरेको आरोपमा झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल छन् । ५ वर्ष अघि २०७४ साल जेठ ३ गते उदयपुरको ताप्लीमा रहेको गहते जंगलमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा छ । बालिका बेहोस भएपछि उनी फरार थिए ।

बलात्कार मुद्दामा अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका उनी म्यादी प्रहरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला उनी पक्राउ परेका हुन् । घटनापछि उदयपुरबाट झापा फरार भएका उनको टिकटकको माध्यमबाट पोल खुलेपछि उनी पक्राउ परेका हुन् ।

क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस) मा ध्यान नदिँदा बलात्कार मुद्दामा दोषी ठहर भएका उनी म्यादी प्रहरीमा छनोट भएका थिए ।

पक्राउ परेका पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?