‘प्रधानमन्त्रीको टिम त तगडा हुनुपर्ने होइन र ? सचिवहरु झोक्राइरहेका छन्’

लोकपथ
322
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री कार्यालयले राम्रोसँग काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस महामन्त्री थापाले सचिवलाई कारबाही गर्नुपरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा थन्क्याउने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् ।

आइतार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थविद् डा. स्वर्णिम वाग्लेको पुस्तक ‘अतृप्त अवसर’ पुस्तकको लोकार्पण कार्यक्रममा बहसमा बोल्दै थापाले सो कुरा बताएका हुन् ।

‘अहिले प्रधानमन्त्री कार्यालयमा पुग्नुभयो भने सचिव झोक्राएर बसिरहेको देखिन्छ, प्रधानमन्त्रीको टिम त तगडा हुनुपर्ने होइन र ?’ उनले भने ।

आफू मन्त्री हुँदा समेत सो कुराको महसुस गरेको उल्लेख गर्दै थापाले भने, ‘अन्य मन्त्रालयमा रहेका सचिवलाई दुःख दिनुपरेमा प्रधानमन्त्री कार्यालय सरुवा गर्ने र कामविहीन राख्ने प्रवृत्ति छ हामीकहाँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?