मेयरमा हारेपछि वडले भने- ‘धनगढीमा म स्वतन्त्र लडेको हुँ’

लोकपथ
6.6k
Shares

काठमाडौं । धनगढी उपमहानगरमा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका नृप वडले आफू पार्टीको चुनाव चिह्न लिएर लढेपनि स्वतन्त्र जस्तै भएको प्रतिक्रिया दिएका छन् ।

आइतबार धनगढीको मेयरमा स्वतन्त्रबाट निर्वाचित गोपाल हमाललाई बधाई दिन पुगेका वडले धनगढीमा नाम मात्रको गठबन्धन भएको प्रतिक्रिया दिए । त्यसैगरी नवनिर्वाचित मेयरलाई आफ्नो पूर्ण साथ र सहयोग रहने समेत उनले प्रतिबद्धता जनाएका छन् ।

‘यहाँ नामको मात्र गठबन्धन भएको थियो । मेरो पार्टीको चुनाव चिन्ह पाए पनि म यस पटक मेयरमा स्वतन्त्र लडेको हुँ । नवनिर्वाचित मेयरलाई मेरो पूर्ण सहयोग रहनेछ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?