दाइजो नल्याएको निहुँमा प्रहरीले नै श्रीमती कुटे

रुपन्देही : विवाहमा अाफुले मागेजति दार्इजो नल्याएको निहुँमा नेपाल प्रहरीका जागिरेले रूपन्देहीमा श्रीमती कुटेका छन् । 

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार तनहुँमा दरबन्दी भर्इ रूपन्देही कोटहिमाइ गाउँपालिका–१ सिपवा बस्ने स्थायी बासिन्दा लोकेन्द्र नाउले श्रीमती प्रियंका नाउमाथि निर्घात कुटपिट गरेका छन् । 

प्रियंकाका बाबुले विवाहमा १ लाख नगद र मोटरसार्इकल दिने बताएको, तर विवाहपछि नदिएको भन्दै लोकेन्द्रले श्रीमतीलार्इ कुटेर घार्इते बनाएको स्थानीयले जानकारी दिएका छन् । 

दार्इजोको निहुँमा श्रीमति कुट्ने प्रहरी लोकेन्द्रविरूद्द र्इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी परेको छ । 

थप अनुसन्धान गरी दोषीमाथि कारबाही गर्ने प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?