नबिलले बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित,स्वाप रेसियो कति ?

लोकपथ
325
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडको बिशेष साधारण सभा सम्पन्न भएको छ । बैंकको शनिबार सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००:४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।

उक्त साधारण सभाले नेपाल बंङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मूल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन समझदारीपत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पू“जी २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम तीन खर्ब नौं अर्ब र निक्षेप रकम तीन खर्ब २० अर्ब रुपैंयाँ पुग्ने छ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ४५ अर्ब रुपैयाँ पुग्नेछ ।

प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई दुई सय ५४ पुग्नेछ । त्यसैगरी, नौं महिनाको संयुक्त खुद मुनाफा चार अर्ब ४६ करोड रुपैयाँ पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?