बुबा उपमेयरमा पराजित भएपछि छोराले कुटे विपक्षी नेता

लोकपथ
3.8k
Shares

काठमाडाै‌ । इटहरीमा नेकपा एमालेका नेता तथा निर्वाचन परिचालन कमिटी सहसंयोजक हिमाल सुवेदिमाथि कुटपिट भएकाे छ । नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताले उनलाई कुटपिट गरेका हुन् ।

कुटपिटपछि अहिले  कारबाहीकाे माग गर्दै एमालेका कार्यकर्ताहरु प्रदर्शनीमा उत्रिएका छन् ।

आइतबार बिहान हिमाल सुवेदीले ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दिएपछि कार्यकर्ताहरुले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रहरीका अनुसार सुवेदीको आँखामा चोट लागेको छ । सुवेदीलाई हातपात गर्नुअघि विष्टले धम्कीपूर्ण म्यासेज गरिएको बताइएको छ ।

इटहरीमा उपमेयर पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टसहित ३ जनाले आइतबार बिहान आफूलाई कुटपिट गरेको भन्दै सुवेदीले प्रहरीमा जाहेरी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?