सुनको मूल्य बढ्यो,कतिमा कारोबार हुँदै छ ?

लोकपथ
676
Shares

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।

आइतबार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार तेजावी सुनको प्रतितोला मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको प्रतितोला मूल्य १ हजार २७० रुपैयाँ रहेको छ । शुक्रबार आइतबारकै मूल्यमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?