लुम्बिनी प्रदेशमा माधव नेपालकाे नेकपा(एस) निल

लोकपथ
1.4k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशको कुनै पनि स्थानीय तहमा नेकपा एसले जित हाँसिल गर्न सकेको छैन । ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिकासहित १ सय ९ स्थानीय तह रहेको लुम्बिनीमा नेकपा (एस) अत्यन्तै कमजोर रहेको मतपरिणमले देखाएको छ ।

४४ स्थानमा जितेको नेपाली कांग्रेस पहिलो स्थानमा रहँदा नेकपा एमाले र माओवादी केन्द्र समान २५–२५ स्थानमा जित निकाल्दै दास्रो स्थानमा रहेका छन् ।

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी, नेपालले ३ स्थानमा जितेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?