गैरआवासीय नेपालीलाई पनि नागरिकता !

काठमाडौं।सरकारले गैरआवासीय नेपाली नागरिक (एनआरएन)लाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न मिल्ने गरी नेपाली नागरिकता दिने भएको छ । एनआरएनलाई राजनीतिक अधिकारबाहेक अन्य अधिकार प्रयोग गर्न मिल्ने गरी ‘गैरआवासीय नेपाली नागरिकता’ प्रदान गर्न सरकारले नागरिकतासम्बन्धी कानुन संशोधन गरेर निर्माण प्रक्रिया अघि बढाएको हो ।
सरकारले संघीय संसद् सचिवालयमा दर्ता गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ‘गैरआवासीय नेपाली नागरिकता’ गृह मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेपछि प्रदान गर्ने व्यवस्था गरिएको छ ।

ऐनको दफा ७ मा (क) थप गरेर एनआरएनलाई नागरिकता दिने प्रावधान थप भएको हो । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?