भरतपुरमा गनियाे ९० हजार मत, अब ३७ हजार मात्र गन्न बाँकी

लोकपथ
19.8k
Shares

काठमाडाैं । भरतपुर महानगरमा हालसम्म ९० हजारभन्दा बढी मतकाे गणना सकिएकाे छ भने करिब ३७ हजार गणना गर्न बाँकी रहेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ ।

कुल एक लाख ८५ हजार ७५२ मतदाता रहेकाे भरतपुरमा करिब एक लाख ३० हजार मतदाताले मात्र मतदान गरेका थिए ।

पछिल्लो मतगणना अनुसार भरतपुरमा  माओवादी केन्द्रकी रेनु दाहाल ३६ हजार १२६ मतसिहत अग्रता स्थानमा छिन् भने एमालेका उम्मेदवार विजय सुवेदी २८ हजार ३५८ मत ल्याउँदै खाेस्राे स्थानमा रहेका छन् ।

रेनु दाहालले यहाँ करिब ७ हजार मतकाे अन्तर कायम गरेकी छिन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३० मत पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?