बरियारपट्टीकाे अध्यक्षमा जसपाका महतो विजयी

लोकपथ
65
Shares

काठमाडौं ।  सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बरियारपट्टी गाउँपालिका प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार सन्तोषकुमार महतो र उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार ममता कुमारी विजयी भएका हुन् ।

महतो ३ हजार ८ सय ४४ मतका साथ विजयी भएका हुन् भने ममता कुमारी ३ हजार ९ सय ९७ मतसहित विजयी भएकी हुन् ।

जसपाका महतोले नेपाली कांग्रेस उम्मेदवारलाई पराजित गर्दा कांग्रेसकी ममता कुमारीले जसपाकी उम्मेदवार सियाकुमारी यादवलाई पराजित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?