प्रधानसेनापतिको निरीक्षण भ्रमणमा डेढ करोड बढी खर्च

काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षतिले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनअघि तीन साताम तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन् ।  

प्रतिघण्टा चार लाख ५५ हजार ८६५ रुपैयाँ र ९३ हजार ६०७ रुपैयाँ लाग्ने एमआई १७ र बेल हेलिकप्टर रजिर्भ गरेर तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका हुन् ।

कतिपय अवस्थामा स्थलमार्गबाटै अवलोकन गर्न सकिनेमा ४०५० किमी लामो दूरीमा पनि हेलिकप्टर प्रयोग भएको छ ।

रिजर्भ हेलिकप्टरको मात्रै भाडा हिसाब गर्ने हो भने सेनापतिले निरीक्षणमा डेढ करोड रुपैयाँ हाराहारीमा खर्च भएको सैनिक उच्च स्रोत बताउँछ ।  आजको कारोबारमा खबर छापिएकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?